बैशाख २३ गतेबाट ‘लक्का जवान’ रिलिज हुने



शिवहरी पौडेलको डेब्यू निर्देशित चलचित्र ‘लक्का जवान’ ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । कोरोना महामारीका कारण २०७६ चैत २१ गते प्रदर्शन हुन नपाएको चलचित्रलाई अब आउँदो वर्षको बैशाख २३ गते प्रदर्शन गरिने भएको छ । सोमवार वितरकसँगको छलफलपछि निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो । चलचित्रलाई देशभर एफडि कम्पनीले वितरण गर्नेछ ।

किरण केसी (राता मकैं) कार्यकारी निर्माता रहेको चलचित्रमा नाम कहलिएका कलाकारहरुको ठूलो जत्था छ । प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा लगायतको अभिनय रहेको चलचित्रको ‘यो होनी तरिका’ गीत हिट भइसकेको छ । चलचित्र कमेडी कथामा बनेको छ ।

चलचित्रमा मित्र डी गुरुङको सम्पादन, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायांकन छ । चलचित्रमा किरण केसीका अलावा अन्सुया श्रेष्ठ, शिवहरि पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँको लगानी रहेको छ । कलाकारको रुपमा सफल मानिएका शिवहरी पौडेलका लागि निर्देशकको रुपमा ‘लक्का जवान’ अग्नी परिक्षा हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu