महेश भन्छन्, ‘म ‘एक्स्ट्रा अडिनरी’ चलचित्रको पछाडि लाग्दिनँ’



अस्कर इन्टरनेशल कलेजमा अभिनयको कोर्ष गरेका महेश त्रिपाठी अहिले यही कलेजमा शिक्षकको रुपमा कार्यरत छ । केही छोटा चलचित्रको माध्यमबाट अभिनयमा आफूलाई प्रमाणित गरिसकेका उनले फिचर चलचित्रमा पनि आफ्नो उपस्थिति बढाउँदै लगेका छन् । उनले मुख्य भूमिकामा अभिनय गरेको चलचित्र ‘चपली हाइट ३’ पुष २ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

अभिनय पढेर आएका व्यक्तिहरुले फरक धारको चलचित्रप्रति रुचि देखाउने गरेको पाइन्छ । महेशका समकालीन कलाकारहरु पनि फरक धारको चलचित्रका लागि दौडिरहेका छन् । तर, उनी भने चलचित्रलाई आफूले मेनस्ट्रिम वा फरक धार भनेर हेर्ने नगरेको बताउँछन् । एउटा कलाकार भएपछि चलचित्रमा काम गर्ने स्पेश छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण हुने उनको भनाई छ ।

महेश भन्छन्, ‘मैले चलचित्रलाई मेनस्ट्रिम वा फरक धार भनेर हेर्दिनँ । एउटा कलाकारको रुपमा चलचित्रमा काम गर्ने स्पेश छ कि छैन, त्यो क्यारेक्टरलाई मैले न्याय गर्न सक्छु कि सक्दिनँ भनेर सोच्ने गर्छु । म एक्स्ट्रा अडिनरीको पछाडि लाग्ने भन्दा पनि इमान्दार भएर काम गर्छु । इमान्दार भएर काम गर्ने स्पेश जहाँ पाउँछु म गर्छु । मैले ‘चपली हाइट ३’ सँग जोडिनुको कारण यो पनि थियो ।’

स्थापित कलाकारसँग काम गर्दा आफू ओझेलमा परिन्छ भनेर कहिल्यै नसोच्ने पनि उनी बताउँछन् । स्थापित कलाकारसँग काम गरेर के सिकियो त्यो महत्त्वपूर्ण कुरा रहेको उनको भनाई छ । ‘चपली हाइट ३’ लाई आफूले कलेजको रुपमा लिएको बताउँदै उनले भने- ‘म हरेक प्रोजेक्टबाट नयाँ कुरा सिक्छु । सिक्न पाउनु मेरो लागि ठूलो उपलब्धि हो । त्यसैले म नयाँ प्रोजेक्ट गर्न रुचाउँछु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu