‘लाखे’ ले छान्यो अडिसनबाट दश कलाकार



चलचित्र ‘लाखे’ का लागि १० कलाकार छनोट भएका छन् । निर्माण युनिटले हालै थापागाउँ स्थित कान्तिपुर फिल्म कलेजमा एक अडिसन गर्दै चलचित्रका लागि एक सह-अभिनेत्री, एक बालकलाकार सहित विभिन्न चरित्रका लागि १० कलाकार छानेको हो । २ सय बढीले अडिसन दिएकोमा १० जना मात्र छानिएको निर्देशक सम्राट बस्नेतले बताए ।

अडिसनमार्फत् छानिनेमा सह-नायिका रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए.परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी रहेका छन् । नायिकाबाहेक चलचित्रका लागि सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा फाइनल भइसकेका छन् ।

ठूलो बजेटमा निर्माण हुने बताइएको चलचित्रको नाम ‘लाखे’ राखिए पनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा विषयबस्तुमा पुरै नसमेटिएको निर्देशक बस्नेतले बताए । ‘नेपालको संस्कृतिमा रहेको ‘लाखे’ परम्पराको प्रचार गर्ने उद्देश्यले फिल्मको नाम लागेको जुर्याइएको हो,’ निर्देशक बस्नेतले भने । दिलिप पन्त प्रोडक्सन डिजाइनर रहेको चलचित्रको छायांकन पुसको दोस्रो साताबाट सुरु हुनेछ ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर प्राली र औरियन प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको चलचित्रको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu