‘सप्तरङ्ग-३’ को घोषणा, राजेश हमालदेखि बद्री पंगेनीसम्म सहभागी हुने



सातै प्रदेशमा ‘सप्तरङ्ग-३’ नामक सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । सोमबार राजधानीमा आयोजित कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘सप्तरङ्ग–३’ को बारेमा जानकारी गरायो । गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरङ्ग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउने छ ।

यही मंसिर २४ गतेदेखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरङ्ग-३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ । काँकडभिट्टा लगत्तै मंसिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ । ‘सप्तरङ्ग–३’ मा राजेश हमाल, बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह , सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, मिलन नेवार, अस्मिता अधिकारी, उषा उप्रेती लगायतका कलाकारहरु सहभागी हुनेछन् ।

गृष्मा ब्रोर्डकास्टिङले विगत पाँच वर्षदेखि निरन्तर रूपमा ‘सप्तरङ्ग’ कार्यक्रम गर्दै आएको छ । पहिलो र दोस्रो संस्करणले सात प्रदेशबीच आम जनताको सम्बन्ध सुमधुर बनाउन प्रभावकारी भएको थियो । यो संस्करणले सातै प्रदेशमा साङ्गीतिक यात्राको माध्यमबाट स्वास्थ्य र सम्वृद्धिको नारालाई प्रवर्द्धन गर्ने आयोजकको विश्वास छ । कार्यक्रमको होस्ट निता प्रधान, विवेक खतिवडा र नरेश भट्टराईले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu