२४ दिनमा सकियो ‘बुलाकी’ को डोल्पा छायांकन



लक्ष्मण सुनारले निर्देशन गरेको चलचित्र ‘बुलाकी’ को डोल्पा छायांकन सकिएको छ । डोल्पा पुगेको २४ दिनमा चलचित्रको छायांकन सकिएको हो । चलचित्रको दुई गीत मात्र खिच्न बाँकी राखेर निर्माण टिम काठमाडौं फर्किसकेको छ । परिस्थिति हेरेर गीतको छायांकन पुषपछि गर्ने तयारी भएको निर्देशक सुनारले जानकारी दिए । चलचित्रको सम्पूर्ण दृश्य डोल्पामै खिचिएको हो ।

चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, बिराज बिष्ट, प्रकाश कँडेल, सरस्वती खत्रीको मुख्य भूमिका रहेको छ । निर्देशक सुनारले सुरक्षा पन्तको कामबाट आफू प्रभावित भएको बताए । उनले भने, ‘म सुरक्षाको फ्यान भएको छु । उहाँको कामप्रतिको लगाव र मेहनत देखेर प्रभावित भएँ । उहाँले चलचित्रमा जीवन्त अभिनय गर्नुभएको छ । दर्शकले पनि चलचित्र हेरेपछि यो महशुस गर्नुहुनेछ ।’

चलचित्रमा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाइ, धनबहादुर राई, कमल गाउँलेको पनि अभिनय छ । जारी प्रथामाथि आधारित चलचित्रको कथा निर्देशक सुनार आफैंले लेखेका हुन् । मोति बिष्टको प्रस्तुति र गोपाल बिष्ट निर्माता रहेको चलचित्रको सह-निर्मातामा सौगाता कँडेल छिन् । चलचित्रलाई शिब ढकालले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu