क्यारेक्टर मन पर्‍यो भने सित्तैमा पनि काम गर्छु : स्वस्तिमा खड्का



चलचित्र ‘चिसो मान्छे’ मा १८ लाख पारिश्रमिक लिएर महंगी अभिनेत्रीको सूचीमा आफूलाई पनि उभ्याएकी स्वस्तिमा खड्काले नेपाली चलचित्र क्षेत्रमा कलाकारको पारिश्रमिकलाई लिएर हुने गरेको बहस अनावश्यक रहेको बताएकी छन् । कलाकारको पारिश्रमिकको भन्दा पनि कामको मुल्यांकन हुनुपर्ने उनको भनाई छ ।

स्वस्तिमा भन्छिन्, ‘मैले आजसम्म कुन चलचित्रमा कति पारिश्रमिक लिएँ भनेर भनेको छैन । मैले पारिश्रमिक कति लिएँ भन्ने कुरा महत्त्वपूर्ण होइन, मैले फिल्ममा काम कस्तो गरेँ त्यो महत्त्वपूर्ण हो । पारिश्रमिकको बारेमा हामी अनावश्यक बहस गरिरहेका छौं । यो बेला हामी गम्भीर हुनुपर्छ ।’

कलाकार बजारमा मुल्य झुन्ड्याएर राखेको सामना नभएको उनको तर्क छ । आर्टमा पैसा प्राथमिकतामा नपर्ने बताउँदै उनले आफूले काम गर्न खोजेको क्यारेक्टरबाट प्रस्ताव आए सित्तैमा पनि चलचित्रमा गर्न सक्ने बताएकी छन् । स्क्रिप्ट मन परे आफैं चलचित्रमा लगानी गर्न पनि तयार रहेको उनी बताउँछिन् । तर, पैसाका लागि आफूले चलचित्रमा काम नगर्ने स्वस्तिमाको भनाई छ ।

उनी अगाडि भन्छिन्, ‘चलचित्रको हकमा मेरो लागि पैसा सेकेन्डरी कुरा हो । अरु कुरामा बरु म पारिश्रमिकलाई पहिलो प्राथमिकता दिन्छु होला तर चलचित्रको हकमा त्यस्तै हुन्न । मैले चलचित्रलाई अलग स्थानमा राखेको छु । म पैसाका लागि चलचित्रमा काम गर्दिनँ ।’ स्वस्तिमाको नयाँ चलचित्र ‘चपली हाइट ३’ आगामी पुष २ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu