कलाकार विल्सन विक्रम राईलाई पुत्री लाभ



चर्चित हाँस्य कलाकार विल्सन विक्रम राईलाई पुत्री लाभ भएको छ । विल्सनकी श्रीमती सरिना लामाले बिहीवार विहान झापाको विर्तामोडमा रहेको विर्तासिटी अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । विल्सनले आमा र छोरी दुवैको स्वास्थ्य अवस्था एकदमै राम्रो रहेको र छोरीको तौल ३ केजीको रहेको जानकारी दिएका छन् । राई दाम्पतिले छोरीको नाम सभ्यता बी राई राखेका छन् ।

अस्पतालमा छोरीलाई काखमा लिएर खिचेको तस्विर फेसबुकमा पोस्ट गर्दै विल्सनले लेखेका छन्, ‘आज हाम्रो परिवारमा नयाँ सदस्यको शुभ आगमन भयो । मलाई छोरीको बाबु र मेरो जीवन साथीलाई छोरीको आमा बन्ने सौभाग्य प्राप्त भएकोमा औधी भाग्यमानी ठानेको छु ।’ अघिल्लो लकडाउनमा उनलाई पुत्र लाभ भएको थियो । छोरा जन्मिएको दिन उनको ३४औं जन्मदिन समेत थियो ।

विल्सन ‘मेरी बाँस्सै’ मा ‘तक्मे बुढा’ को भूमिका निभाएपछि चर्चामा आएका थिए । आज पनि उनलाई धेरैले वास्तविक नामले भन्दा ‘तक्मे बुढा’ नामले चिन्ने गर्दछन् । ‘रातो घर, अर्धकट्टी, प्रोड्युसर, कबड्डी कबड्डी कबड्डी’ लगायतका चलचित्रमा पनि अभिनय गरिसकेका उनको पछिल्लो रिलिज चलचित्र ‘सेन्टी भाइरस’ हो । उनले गाएको ‘आइ लभ यू सेन्तेरेम, १९ फाउन्टीन’ जस्ता गीत पनि निकै चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu