रेस्क्यु क्रियसनमा सम्पादनदेखि अभिनय प्रशिक्षणसम्म हुने



रेस्क्यु क्रियसनको शुभारम्भ गरिएको छ । डिस होमका अनर सुदिप आचार्य र बरिष्ठ गायक प्रेमराजा महतले बुधबार एक विशेष कार्यक्रमबीच रेस्क्यु क्रियसनको शुभारम्भ गरेका हुन् । चलचित्र तथा टिभी सम्बन्धी सम्पूर्ण काम गर्ने उद्देश्यका साथ रेस्क्यु क्रियसन ग्रुपको शुभारम्भ भएको हो ।

मोडल तथा नायक यसराज गहरजले सञ्चालन गरेको रेस्क्यु क्रियसनको उद्घाटन कार्यक्रममा नायिका रीमा बिश्वकर्माले स्वागत मन्तव्य राखेकी थिइन् भने कम्पनीका निर्देशक समन अधिकारीले कम्पनीले गर्ने कार्य योजना प्रस्ट्याएका थिए ।

कम्पनीको सिइओमा निर्माता तथा निर्देशक रिमेश अधिकारी, प्रबन्ध निर्देशकमा किशोर अनुराग ब्यबस्थापन तथा लेखामा सेजल काफ्ले, कार्यक्रम प्रमुखमा निर्माता तथा निर्देशक सुनिल मानन्धर र बजार ब्याबस्थापकमा बिनोद ओझा रहेका छन् । त्यस्तै, पोखरा शाखा ट्रेनिङ सेन्टरको प्रबन्ध निर्देशकमा सञ्चारकर्मी बिनोद पहारी छन् ।

सो अवसरमा गायक सीताराम प्रसाईं, कलाकार नवीन श्रेष्ठ, पुकार भट्टराई, सागर सुब्बालगायत सञ्चरकर्मीहरूको उपस्थिति थियो । यो संस्थामा एडिट, डबिङ, डिजाइनिङ कलर करेक्सन, ब्याकग्राउन्ड म्युजिकसहित चलचित्र सम्बन्धी सम्पूर्ण कार्य तथा टेलिभिजन सम्बन्धी सम्पूर्ण कार्य एवम् रियालिटी सो, चलचित्र, टेली चलचित्र, सिरिज निर्माण, नृत्य, अभिनय, आरजे, भिजे प्रशिक्षण समेत दिइने कम्पनीका सिइओ अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu