नम्रता श्रेष्ठ मिस वर्ल्डको अन्तिम ३० मा प्रवेश



मिस वर्ल्ड नेपाल नम्रता श्रेष्ठ मिस वर्ल्डको अन्तिम ३० मा प्रवेश गरेकी छन् । हेड-टु-हेड च्यालेञ्जमा इन्डोनेसियाकी सुन्दरीलाई पछि पार्दै नम्रता उत्कृष्ट ३० मा प्रवेश गरेकी हुन् । अमेरिकामा भइरहेको मिस वर्ल्डमा पाराग्वे, क्यामरुन र फिलिपिन्सका सुन्दरीहरु पनि उत्कृष्ट ३० मा प्रवेश गरेका छन् ।

नम्रताले उत्कृष्ट ३० मा प्रवेश गरेपछि खुशी व्यक्त गरेकी छन् । नेपालले यसअघि पनि जित्दै आएको ‘ब्युटी विथ पर्पस र मल्टिमिडिया’ अवार्डलाई घर भित्र्याउने नम्रताको आशा छ ।

मिस वर्ल्डको फाइनल डिसेम्बर १६ मा अमेरिकाको पुएर्तो रिकोमा हुनेछ । नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी मिस नेपाल श्रेष्ठलाई ‘ब्युटी विथ पर्पस र मल्टिमिडिया’ विधामा भोटिङ भैरहेको छ । डिसेम्बर १६ मा मिस वर्ल्डको ग्रान्ड फिनाली आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu