‘लाखे’ मा वर्षा राउत अनुबन्धित



अभिनेत्री वर्षा राउत चलचित्र ‘लाखे’ मा भित्रिएकी छन् । चलचित्रको मुख्य अभिनेत्रीको रुपमा उनको प्रवेश भएको हो । निर्देशक सम्राट बस्नेत र कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बिहिबार उनीसँग चलचित्र अभिनयको सम्झौता गरेका हुन् । ‘लाखे’ को कथा मन परेको कारण चलचित्रमा आफू जोडिएको वर्षाले बताइन् ।

वर्षाको प्रवेशसँगै चलचित्रमा कलाकारको लाइनअप बलियो बनेको छ । चलचित्रमा यसअघि नै सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा अनुबन्ध भइसकेका छन् । चलचित्रमा रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारीको अभिनय रहनेछ ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर प्राली र औरियन प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको चलचित्रको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् । पुष दोस्रोे साताबाट छायांकन सुरु हुने चलचित्रको दिलिप पन्त प्रोडक्सन डिजाइनर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu