उपासना पुनः एजुकेसन एण्ड माइग्रेसन कर्नरको ब्राण्ड एम्बेस्डरमा नियुक्त



एजुकेशन एण्ड माइग्रेसन कर्नरको ब्रान्ड एम्बेस्डरमा अभिनेत्री उपासना सिंह ठकुरी पुनः नियुक्त भएकी छन् । उनलाई एजुकेशन एण्ड माइग्रेसन कर्नरले यसअघि पनि एक बर्षका लागि ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको थियो ।

काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रमकाबीच संस्थाका कम्प्लाइन्स म्यानेजर नवराज प्रसाईंले युवापुस्तामाझ उपासनाको क्रेज र विद्यार्थीहरूमाझ संस्थाको बारेमा सकारात्मक कुरा प्रवाह गरेकाले उनलाई पुनः ब्रान्ड एम्बस्डरमा नियुक्त गरेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा संस्थाका व्यवस्थापक संयोजक ईश्वरराज मैनालीले एजुकेशन एण्ड माइग्रेसन कर्नरलाई अभिनेत्री उपासना सिंह ठकुरीको आबद्दताले उचाई प्रदान गरेकोमा प्रसन्नता ब्यक्त गरे ।

त्यस्तै, उपासनाले आफूलाई विश्वास गरेर सस्थाले पुनः ब्राण्ड एम्बस्डरपमा नियुक्त गरेकोमा खुसी व्यक्त गरिन् । ‘संस्थाले ममाथि गरेको विश्वासलाई म डगमगाउन दिने छैन,’ उनले भनिन् । उनले विभिन्न देशमा गएर उच्च शिक्षा प्राप्त गर्न चाहने विद्यार्थीहरूका लागि एजुकेसन एण्ड माइग्रेसन कर्नरलाई छान्न आग्रह समेत गरेकी छन् ।

एजुकेसन एण्ड माइग्रेसन कर्नर अष्ट्रेलिया, सिड्नी निर्देशक सुनिल उप्रेतीले उपासनाको संस्थामा पुनः आबद्दता विद्यार्थीहरुकै माग र चाहनाको परिणाम भएको बताए । यस्तै, संस्थाले विद्यार्थीहरुका लागि शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । पौष ७ गते काठमाडौं, पौष ९ गते पोखरा, पौष ११ गते इटहरी, पौष १२ गते दमक, पौष १३ गते विर्तामोड, पौष २३ गते हेटौंडा, पौष २४ गते चितवन र पौष २५ गते बुटवलमा शैक्षिक मेलाको आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu