नेपाल र अमेरिकामा एकसाथ विषेश प्रदर्शन हुँदै ‘फिच्यो’



चलचित्र ‘फिच्यो’ अर्थात ‘कान्छी छोरी’ को विषेश प्रदर्शन हुने भएको छ । सार्वजनिक प्रदर्शन अगाडि चलचित्रको नेपाल र अमेरिकामा एकसाथ बिषेश प्रदर्शन गर्न लागिएको निर्देशक विकास घले गुरुङले बताए । ‘स्वदेश तथा विदेशबाट चलचित्रको माग भइरहेको छ,’ निर्देशक विकाशले भने, ‘चलचित्रको रिलिज माहोल बन्न नसकेकोले केही विषेश प्रदर्शन गर्न लागेका हौं ।’

चलचित्र नेपाली, अंग्रेजी र गुरुङ गरेर तीन भाषामा निर्माण भएको छ । विकासका अनुसार, गुरुङ र तमुहरुको महान चाड ल्होसारको अवसर पारेर पुस ३ गते काडमाडांैको रानीदेवी पार्टी प्यालेस र यही अवसर पारेर अमेरिकामा युनाइटेट गुरुङ एसोसियसन अफ अमेरिका (युजिएसए) ले चलचित्रको विषेश प्रदर्शन गर्न लागेको हो । विषेश प्रदर्शनमा सबैलाई सहभागी हुनु विकासले अनुरोध समेत गरेका छन् ।

चलचित्रमा विश्वास गुरूङ, ईन्द्र घले (काशी), टिकाराम घले, सीता देवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अन्जना गुरुङ, पेम्बा छिरिड शेर्पा, सिर्जना गुरुङ, बिरुप घले लगायतको अभिनय रहेको छ । गुरुङ समुदायको रितिरिवाज, भेषभुषा, चालचलन सहितको कथावस्तु बोकेको चलचित्र स्वदेशका आकर्षक लोकेसनमा छायांकन भएको छ ।

रेड ओसियन ईन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको चलचित्र निर्देशक विकासले नै लेखेका हुन् । प्रकाश गुरुङ (काश) का छायांकन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत छ । चलचित्रमा लेखन, निर्देशन तथा सम्पादन विकाश घलेकै रहेको छ । चलचित्रमा नृत्य गोरे गुरुङको रहेको छ । चलचित्रमा शान्ति माया गुरुङ (युएसए), मन्त्री जङ गुरुङ, बुद्धि माया गुरुङ (ईराक) र अभिनाश यम.जि (मांगसुम) निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu