सोमवारदेखि ‘हिमालय रोडिज’ को चौथो सिजन प्रसारण हुने



‘हिमालय रोडिज’ को चौथो सिजन सोमवारदेखि हिमालय टेलिभिजनमा प्रसारण हुने भएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै हरेक सोमबार बेलुकी ८ बजेबाट ‘हिमालय रोडिज’ प्रसारण हुने जानकारी गराइयो ।

पत्रकार सम्मेलनमा शोका निर्देशक सिमोस सुनवारले दर्शकले शो हेर्दा आफ्नो शैली पाउने बताए । उनले भने, ‘दर्शकले शो हेर्दा मेरो शैली देख्न पाउनुहुनेछ । यसपटक हामीले कोरोनाका कारण डिजिटल अडिसनबाट प्रतिस्पर्धी छानेका छौं । यसपटकका प्रतिस्पर्धीहरु एकदमै दमदार छन् ।’ शोको अन्य फर्म्याट भने पुरानै भएको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा शोका होस्ट रेमनदास श्रेष्ठ र ग्याङ्ग लिडरहरु लाउरे, अनुपविक्रम शाही र समन श्रेष्ठ उपस्थित थिए । ग्याङ्ग लिडर अनुपले पत्रकार सम्मेलनमा भने, ‘यसपटक निकै रमाइलो भयो । दर्शकले शोमा केही कुराहरु नयाँ पाउनुहुनेछ ।’

अनुपले यसपटक दर्शकले धेरै कुरामा ‘सरप्राइज’ पाउने बताए । ‘ग्याङ्ग लिडर भएका नाताले हामीले पनि अब के हुँदैछ भन्ने थाहा पाउँदैनौं । यसपटक झनै सरप्राइज छ,’ उनले भने । अर्का ग्याङ्ग लिडर समन श्रेष्ठले ‘हिमालय रोडिज’मा भाग लिएपछि आफ्नो जिन्दगीमा धेरै परिवर्तन आएको सुनाए ।

‘हिमालय रोडिज’का ग्याङ्ग लिडर अनुपविक्रम शाही र लाउरे सोमबारबाट प्रसारण हुने ‘हिमालय रोडिज’ को चौथो सिजनलाई दर्शकले मन पराउने निर्माण टिमको विश्वास छ । यसका अघिल्ला तीन सिरिजलाई दर्शकले निकै रुचाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu