कान्तिपुर फिल्म एकेडेमीले बनाउने ‘म’ को शुभ साइत



चलचित्रका विभिन्न विधामा अध्यापन गराउँदै आएको थापागाउँस्थित कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक फिचर चलचित्र ‘म’ निर्माण गर्ने भएको छ । सोमवार एकेडेमीकै परिसरमा चलचित्रको शुभ साइत गरियो । आगामी पुष ११ गतेबाट छायांकन सुरु हुने चलचित्रको २ वर्ष अगाडि नै घोषणा गरिएको भए पनि कोरोनाका कारण छायांकन सुरु हुन सकेको थिएन ।

समिक्षात्मक रुपमा सफल चलचित्र ‘सुनगाभा’ का निर्देशक सुर्वण थापाले ‘म’ को निर्देशन गर्नेछन् । चलचित्रको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरीले लेखेका हुन् । यस चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, संजोग रसाइली, पुनम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ ।

त्यस्तै, चलचित्रमा बनिष शाहको सम्पादन, तेन्जिन पाल्देनको छायांकन र सुजन परियारको कस्टुम डिजाइन रहनेछ । पदम पुरी सह-निर्माता र विमला हुँमागाइँ निर्माता रहेको चलचित्रको प्रोडक्सन म्यानेजर करन सिंह हुन् । निर्देशक सुवर्ण थापाले चलचित्रले आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने जानकारी दिए । चलचित्रको कथा निकै बलियो रहेको उनको भनाई छ ।

नायक खनालले चलचित्रको नाम ‘म’ भए पनि समाजभित्रको कथा भन्ने बताएका छन् । उनले भने- ‘यो चलचित्रले समाजभित्रको कथा भन्छ । चलचित्र हेर्दा दर्शकहरुले आफ्नै कथा पाउनुहुनेछ । यसअर्थमा यो चलचित्र समाजको ऐना हो ।’ अभिनेत्री लामिछानेले पनि चलचित्रको कथा नेपाली समाजभित्रैको रहेको बताएकी छन् । चलचित्रमा आफ्नो भूमिका दर्शकले फरक पाउने उनको दाबी छ ।

सविन श्रेष्ठले भने यो चलचित्र आफ्नो कमब्याक हुनसक्ने बताए । हलमा आफू अभिनीत चलचित्र रिलिज भइरहे पनि ‘म’ मा दर्शकले आफूलाई फरक रुपमा देख्न पाउने उनी बताउँछन् । यस्तै, निराजन र रुविनाले चलचित्रको कथावस्तु र आफ्नो चरित्र मन परेकाले काम गर्न तयार भएको बताए । रुविनाको यो तेस्रो चलचित्र हो भने निराजनले यही चलचित्रबाट लिड नायकको रुपमा डेब्यू गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu