अब अभिनयलाई निरन्तरता दिन्छु : निशा अधिकारी



अभिनेत्री निशा अधिकारीले चलचित्र ‘म’ बाट अभिनयमा पुनरागमन गर्ने भएकी छन् । विवाहपछि आफ्नै लगानीमा चलचित्र ‘झ्यानाकुटी’ समेत निर्माण गरेकी उनी आमा भएपछि अभिनयमा सक्रिय हुन सकेकी थिइनन् । सोमवार कान्तिपुर फिल्म एकेडेमीमा आयोजित ‘म’ को शुभ साइत समारोह उपस्थित भएकी उनले अब अभिनयसँगै चलचित्र निर्माणलाई पनि निरन्तरता दिने बताएकी छन् ।

उनी भन्छिन्, ‘मेरो चलचित्रमा त्यस्तो ब्रेक नै भएको भन्न मिल्दैन । विवाहपछि मैले चलचित्र ‘पोखराको काली’ को छायांकन र बच्चा भएपछि डबिङ गरेको थिएँ । बीचमा एउटा सर्ट चलचित्रको निर्देशन पनि गरेँ । त्यसपछि चलचित्र गर्ने भन्दाभन्दै कोरोना महामारी सुरु भयो । यो २ वर्ष छाड्ने हो भने मेरो चलचित्रमा ब्रेक भएको छैन । तर, अब चलचित्रमा निरन्तर काम गर्नेछु ।’

आमा लाइफ एकदमै रमाइलो वितिरहेको उनी सुनाउँछिन् । ‘म आमा हुँदाको क्षणलाई एकदमै इन्जोय गरिरहेको छु । पहिलादेखि नै मलाई बच्चा मन पर्थ्यो । ठूलो मान्छेसँगभन्दा बच्चासँगै मेरो बढी कुरा मिल्थ्यो । म बच्चा भनेपछि हुरुक्कै हुन्थेँ । प्रेग्नेन्सीको समयमा सबै काम छाडेर मैले गर्भवती हुँदाको क्षण इन्जोय गरेँ । आमाको रुपमा पनि अहिले इन्जोय गरिरहेको छु,’ उनले भनिन् ।

आफ्नो करिअरमा केही सफल चलचित्र दिएकी निशा पछिल्लो पटक चलचित्र ‘कुम्भ करण’ मा देखिएकी थिइन् । ‘पदमिनी’, ‘रोमियो’, ‘मायाज् बार’, ‘नैना रेशम’, ‘मिशन पैसा २’, ‘फस्ट लभ’, ‘आभाष’, ‘लुटेरा’, ‘जय पशुराम’ लगायतका चलचित्रमा अभिनय गरेकी उनी २०७४ सालमा क्रिकेटर शरद भेष्वाकरसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । आमा भएपछि उनी केही मोटाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu