पछिल्लो समय दर्शकहरुले हाँस्य सिरियललाई मन पराइरहेको अवस्थामा अर्को कमेडी सिरियल ‘उकुस मुकुस’ लाई पनि दर्शकहरुले रुचाएका छन् । यूट्युबमा सार्वजनिक १० भागमध्ये ४ वटा भाग नेपालको युट्युब ट्रेन्डिङमा परेको जानकारी निर्माणपक्षले जानकारी गराएको छ ।
यो सिरियलमा दिलिप तामाङ ‘हुरहुर’, बेदना राई, देवी आले, प्रकाश लिम्बु, नहकुल भट्टराई, टुल्कु तामाङ, रमेश वुढामगर, दिपक लम्साल, सोहन थापा, जयनन्द लामा, रामचन्द्र अधिकारी लगायतका कलाकारको अभिनय छ ।

यो सिरियलमा पटकथा तथा संवाद केदार प्रसाद घिमिरे र दिलिप तामाङको छ । यस्तै, लेखन सुपरिवेक्षणको रुपमा केदार प्रसाद घिमिरेले काम गरेका छन् । लोकचन्द्र थापाको छायांकन रहेको यो सिरियलमा सुविन दाहालको सम्पादन, नहकुल भट्टराइको लगानी, दिलिप तामाङ र सितादेवी तिमिल्सेनाको निर्देशन रहेको छ ।
आफुहरुले सिरियलमा गाउँघरका बिषयवस्तुलाई उठान गरेकाले पनि दर्शकले रुचाएको निर्माता नहकुल भट्टराइले जानकारी दिए । ‘उकुस मुकुस’ को पछिल्लो भाग नेपालको युट्युब ट्रेन्डिङको नवौं नम्बरमा छ ।