‘चपली हाइट ३’ को रिलिज सर्‍यो, अब पुष १५ मा



पुष २ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘चपली हाइट ३’ दुई साता पछाडि सरेको छ । अब चलचित्र पुष १५ गते (बिहीवार) बाट सार्वजनिक प्रदर्शनमा आउने निर्माण टिमले सोमवार विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । पुष २ मा साउथ चलचित्र ‘पुष्पा’ को हिन्दी डब र अंग्रेजी चलचित्र ‘स्पाइडर म्यान’ नेपाल आउने भएपछि चलचित्रको रिलिज दुई साता पछि सरेको हो ।

निर्माता अर्जुन कुमारले ‘पुष्पा’ को हिन्दी डब नेपाल आएको खण्डमा र ‘चपली हाइट ३’ ले शो कम पाउने अवस्था आए चलचित्र नै रिलिज नगर्ने घोषणा गरेका थिए । अल्लू अर्जुन, सलमान खान, शाहरुख खानको चलचित्रसँग आफू भिड्न नसक्ने उनको भनाई थियो । साउथ चलचित्र र हलिउड चलचित्रका कारण आफ्नो चलचित्रले कम शो पाउने देखेपछि निर्माता कुमार पछाडि हटेका हुन् ।

निकेश खड्का निर्देशित चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, तीकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारहरुको अभिनय रहेको छ । नरेन्द्र महर्जन र हेमन्त धामी कार्यकारी निर्माता रहेको यो चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu