अस्प्रिनासँग बिहे गर्दै सलिनमान ?



नेपाली चलचित्रका हटकेक अभिनेता सलिनमान बनियाँ लभ लाइफका कारण पनि चर्चामा आउने गरेका छन् । उनी विगत ८ वर्षदेखि इन्टरनेशल मेकअप आर्टिस्ट अस्प्रिना जिन्हा श्रेष्ठको प्रेममा छन् । अब यो जोडीको विवाहको चर्चा सुरु भएको छ ।

सोमवार सलिन र अस्प्रिनाका परिवारको राजधानीको एक होटलमा भेटघाट भएको थियो । उक्त भेटमा उनीहरुको इन्गेजमेन्ट र विवाहको बारेमा कुराकानी भएको जानकारी प्राप्त छ । अस्प्रिनाले सलिन र आफ्नो परिवारको भेट भएको तस्विरहरु इन्स्टाग्राम स्टोरीमा पोस्ट गरेकी छन् ।

स्रोतले दिएको जानकारी अनुसार, सलिनमान र अस्प्रिनाको यसै वर्ष विवाह हुने सम्भावना प्रवल छ । सलिनमानले आफ्नो सामाजिक सञ्जालमा प्रेमिकासँगका तस्विरहरु पोस्ट गरिरहेका हुन्छन् । मिडियामा उनीहरुको सम्बन्धलाई लिएर चर्चा हुन थालेपछि दुवै पक्षका परिवार सलिन र अस्प्रिनाको बिहे गर्न ढिलाइ नगर्ने मनस्थितिमा छ ।

सलिनमानले चलचित्र ‘ए मेरो हजुर २’ बाट नायकको रुपमा डेब्यू गरेका हुन् । यसपछि उनले चलचित्र ‘यात्रा’ मा काम गरे । यो चलचित्रपछि उनले नयाँ चलचित्र साइन गरेका छैनन् । अहिले उनले पिताको व्यवसाय सहाल्दै आएको जानकारी प्राप्त छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu