सन्नी बीको ‘फाइट अफ फ्यूरी २’ पोस्टर रिलिज



मार्सल आर्टका अन्तर्राष्ट्रिय खेलाडी तथा अभिनेता सन्नी बी केसीले निर्माण र अभिनय गरेको हलिउड चलचित्र ‘फाइट अफ फ्यूरी २’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा उनी एक्सन अवतारमा देखिएका छन् । चलचित्रको कथा र निर्देशन पनि सन्नी स्वयंको हो । चलचित्रमा हलिउडका कलाकारहरुको पनि अभिनय रहेको छ ।

अभिनेता ब्रुसली अभिनीत चलचित्र ‘इन्टर द ड्रागन’ मा काम गरेका बब वालको समेत अभिनय रहेको चलचित्रमा लियो फोङ्ग, जोस्फ माइकल, एम एम ए फाइटर लगायत हलिउड कलाकारको अभिनय रहेको छ । अंग्रेजी भाषामा बनेको चलचित्रलाई नेपालीमा डब गरेर प्रदर्शन गरिने अभिनेता सन्नी बी केसीले जानकारी दिएका छन् ।

मानव तस्करीको कथामा निर्माण भएको चलचित्रलाई हलिउडका सिनेमा घर र ओटीटी प्लेटफर्म पनि रिलिज गर्ने तयारीमा निर्माण टिम छ । ‘जाहवाज, गैर कानुनी, हत्या, दुश्मन’ लगायतका हिन्दी चलचित्रमा समेत काम गरिसकेका केसी अभिनीत चलचित्र ‘फाइट अफ फ्यूरी’ प्रदर्शनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu