सांस्कृतिक संस्थानले नाटक ‘एक चिहान’ मञ्चन गर्दै



सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले नाटक मञ्चन सुरु गर्ने भएको छ । संस्थानका महाप्रवन्धक अशोक कुमार राईले विभिन्न पाठ्यक्रममा भएका कृतिहरुमाथि नाटक मञ्चन गरिने जानकारी दिए । अध्ययन अध्यापनमा हप्ता दिन लाग्ने ‘एक चिहान’ २ घन्टामा प्रस्तुत गर्न लागेको बताउँदै उनले नाटक हेरेका विद्यार्थीहरुको मन मस्तिष्कमा पनि चाँडो यसको छाप बस्ने भएकोले शैक्षिक पाठ्यक्रममा भएका कृतिहरुमा नाटक सुरु गर्न लागिएको बताए ।

सांस्कृतिक संस्थानप्रतिको विश्वासलाई मध्यनजर गरेर विद्यार्थी, शिक्षक र विद्यालयहरुले हृदयचन्द्र सिंह प्रधानको उपन्यास ‘एक चिहान’ बाट नाटक सुरु गर्न लागेको महाप्रवन्धक राईको भनाई छ । पढेर भन्दा हेरेर विद्यार्थीहरुमा नाटकको प्रभावकारिता बढिरहेकोले नाटक मञ्चन गर्न लागेको उनले बताए ।

महाप्रवन्धक राईले भने, ‘साँस्कृतिक संस्थानले पहिलेदेखि नै नाटकहरु गर्दै आएको हो । यसमा हृदयसचन्द्रसिंह प्रधानको ‘एक चिहान’ कक्षा १२ मा समेटिएको छ । धेरै कलेज र विद्यार्थीहरुले नै यो मञ्चन गर्नुपर्छ भनेर रिक्वेस्ट आइहरेको थियो । बीचमा कोभिडका कारणले गर्दा क्लासहरु भएन, धेरै कलेज, विद्यार्थीहरुबाट यो नाटक गर्नुपर्छ भन्ने रिक्वेस्ट आएकोले हामीले गरेका हौँ ।’

नाटक ‘एक चिहान’ पुष ३ गते मञ्चन हुनेछ । यो १०९ औँ पटकको शो हुने राईले बताए । यो नाटकलाई काठमाडौंमा मात्रै नभइ बाहिरका विद्यार्थीहरुलाई पनि देखाउने किसिमले तयारी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu