विराटनगरमा आदिवासी चलचित्र महोत्सव हुने



मोफसलमै पहिलो पटक आदिवासी चलचित्र महोत्सव २०७८ हुने भएको छ । विराटनगरमा आगामी पुष ९ र १० गते महोत्सव आयोजना हुन लागेको हो । २ दिनसम्म चल्ने महोत्सव प्रदेश १ को राजधानी विराटनगरस्थित अतिथि सदनमा हुनेछ । महोत्सवमा राजवंशी, थारु, गुरुङ, मगर, माझी, तामाङ, राई, लिम्बु, भुजेल, खवास र शेर्पा भाषाको चलचित्रहरु देखाइने बताइएको छ ।

राजवंशी चलचित्रकर्मी समाद समिति विराटनगरको आयोजना र आदिवासी चलचित्र महासंघको सहकार्यमा महोत्सव हुन लागेको हो । आदिवासी जनजातिहरुको भाषा, कला, संस्कृति र संस्कारहरुको संरक्षण तथा पर्यटन प्रर्बधनको उद्धेश्यसहित महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष दिप नारायण राजवंशीले बताए । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले उद्घाटन गर्ने महोत्सवको समापन विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले गर्नेछन् ।

महोत्सवमा प्रदर्शन हुने चलचित्रहरुमध्येबाट उत्कृष्ट फिल्मलाई नगद तथा प्रमाणपत्रसहित पुरस्कृत गरिने जनाइएको छ । त्यसका लागि विभिन्न भाषा भाषीका निर्देशक सम्मिलित एक निर्णायक समिति समेत गठन गरिने आयोजक समितिले जानकारी गरायो । महोत्सव उद्घाटनमा आदिवासी जनजातिको पहिचान झल्किने बिभिन्न समुदाय सम्मिलित झाँकी निकालिने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu