कमेडी कथावस्तुमा निर्माण भएको चलचित्र ‘सिल्ली फो’ को सम्पूर्ण छायांकन सकिएको छ । चलचित्रकी मुख्य अभिनेत्री केकी अधिकारीको जन्मदिनको अवसर पारेर निर्माण टिमले चलचित्रको छायांकन सकिएको जानकारी गराएको हो । दुई चरणमा छायांकन भएको फिल्मको सम्पूर्ण छायांकन नेपालगञ्ज आसपासका ठाउँ भएको निर्देशक राज बहादुर सानेले बताएका छन् ।

चार बदमासको कथामा निर्माण भएको यस चलचित्रमा केकीका अलवा धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पुर्णचन्द्र पोखरेल, अनिता लामिछाने लगायताका कलाकारको अभिनय रहेको छ । यही चलचित्रबाट दिनेश रेग्मी, भुगोल कार्की र रमेश बजगाईले अभिनयमा डेब्यू गरेका छन् । ह्याप्पी फिल्मको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता मनोज डिके हुन् ।
विशाल श्रेष्ठ र सागर बिष्ट सह-निर्माता रहेको चलचित्रमा रवि केसीको मेकअप, शिव बिकको कोरियोग्राफी, देब महर्जनको द्वन्द्व निर्देशन, दिव्यराज सुवेदीको छायांकन, तारा थापा किम्भेको सम्पादन छ । चलचित्रका सहायक निर्देशक विशाल बराल र केशव शर्मा हुन् । निर्देशक सानेले यसअघि ‘पर्खी बसे फर्की आउनेछु, डोली, विरांगना’ लगायतका चलचित्रको निर्देशन गरिसकेका छन् ।