बोल्ड वर्षा



कुनै बेला मिडियामा गसिपको पात्र बन्ने डरले सतर्क हुने गरेकी अभिनेत्री वर्षा सिवाकोटी आजभोली मिडियामा आफ्नो बारेमा हुने गसिपमा रमाउन थालेकी छन् । यसैले कहिले आफ्ना चर्का अभिव्यक्ति त कहिले प्रेम प्रशंगका कारण उनी मिडियामा गसिपको पात्र बनिरहेकी छन् ।

शनिवार उनले इन्स्टा र फेसबुक पेजमा ‘माया र चुम्बन’ भन्दै निलो रंगको परिहन लगाएर खिचेका दुई तस्विर पोस्ट गरेकी थिइन् । तस्विरमा उनको कुमबाट झरेको लुगा कुइनोसम्म आइपुगेको छ भने छातीतर्फको भाग पनि धेरै खुलेको छ । उक्त पहिरनमा उनी निकै ‘हट एन्ड बोल्ड’ देखिएकी छन् ।

अभिनेता राज कटुवालसँग नाम जोडिएपछि चर्चामा छाइरहेकी वर्षाका चार चलचित्र ‘लक्का जवान’, ‘परदेशी २’, ‘मनसँग मन’ र ए साथी सुन’ प्रदर्शनको तयारीमा छ । आजसम्म लिड अभिनेत्रीको रुपमा अभिनय गरेका कुनै चलचित्र सफल नभए पनि उनलाई कामको कमी छैनन् । म्यूजिक भिडियोमा पनि उनको व्यस्तता लोभलाग्दो छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu