‘चुरिफुरी’ ले हँसाउँदैन मात्र, रुवाउँछ पनि : ऋषिराज आचार्य



ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनेको चलचित्र ‘चुरिफुरी’ यही पुष ९ गतेबाट दर्शकमा आउने तयारीमा छ । यसअघि ‘मिस्टेक, सपना तिम्रो मेरो, ड्रिम गर्ल र सुन्तलीलाई भगाई लग्यो झिल्केले’ गरी चार चलचित्रको निर्देशन गरिसकेका उनले यो चलचित्रमा जग्गा दलाली र वैदेशिक रोजगारीमा हुने गरेको ठगीको कथालाई कमेडी शैलीमा प्रस्तुत गरेका छन् ।

उनले यसअघि कमेडी विषयमा बनाएको चलचित्र ‘सुन्तलीलाई भगाईँ लग्यो झिल्केले’ ले राम्रो चर्चा कमाएको थियो । यसकारण उनी आफूलाई कमेडी चलचित्र फापेको बताउँछन् । उनी भन्छन्, ‘चलचित्र ‘सुन्तलीलाई भगाईँ लग्यो झिल्केले’ देश-विदेशमा राम्रो चलेको थियो । त्यो हिसाबले मलाई कमेडी चलचित्र फापेको भन्न सकिन्छ । तर, निर्देशकको हिसाबले म धेरै चिजहरु सिर्जना गर्न खोज्छु ।

ट्रेलर हेर्दा दर्शकलाई चलचित्रले हँसाउँछ भन्ने मात्र लागे पनि चलचित्रमा आउने ट्विस्टले आँशु बगाउने आचार्यको दाबी छ । चलचित्रमा आफूले प्रेमलाई पनि स्थान दिएको बताउँदै उनले प्रेम गर्दा के कुरामा सचेत हुनुपर्छ भन्ने सन्देश चलचित्रले दिने बताए । आफूले निर्देशन गरेका अघिल्ला चलचित्रभन्दा ‘चुरिफुरी’ कमर्शियल र मौलिक कथावस्तुका हिसाबले धेरै माथि रहेको उनले बताएका छन्

कोभिडपछि दर्शकको चलचित्र हेर्ने दृष्टिकोणमा परिवर्तन आएको स्वीकार गर्दै ऋषिराजले मौलिक कथालाई प्रस्तुती राम्रो गर्न सकिए दर्शकको साथ पाउने र यसका लागि नेपाली पाराकै चलचित्र बनाउन जोड दिएका छन् । दर्शकलाई कलाकार र बजेटभन्दा पनि विषयवस्तुले विशेष महत्त्व राख्ने भएकाले आफूले मानिसको जीवनमा घटेका घट्नालाई नै ‘चुरिफुरी’ मा उतारेको उनको भनाई छ ।

चलचित्रमा अभिषेक श्रेष्ठ, पूजा पन्त, शिशिर भण्डारी, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, पवन खतिवडा, सुनिता श्रेष्ठ, सोना बज्रचार्य, लक्ष्मी ढकाल, दीपक आचार्य, रविन्द्र झा, सुरवीर पण्डित लगायतका कलाकारहरुको अभिनय रहेको छ । रिना ढकाल सह-निर्माता रहेको यो चलचित्रमा राहुल राइको छायांकन, भिमफेदी ग्रुपको कोरियोग्राफी र नविन निरौलाको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu