दुई दिनमै ‘पुष्पा’ को कमाई सय करोड नाघ्यो



साउथका सुपरस्टार अल्लू अर्जुन र रश्मिका मन्दानाले अभिनय गरेको चलचित्र ‘पुष्पा : द राइज’ शुक्रवारबाट संसारभर प्रदर्शनरत छ । प्रदर्शनभन्दा अगावै डिजिटल राइट्सबाट २ सय ५० करोड कमाइसकेको चलचित्रले प्रदर्शनको दुई दिनमा संसारभर आक्रामक कमाई गरेको छ । सुकुमार निर्देशित चलचित्रले दुई दिनमै संसारभरबाट सय करोडको आँकडा पार गरेको छ ।

ट्रेड एनालिस्ट रमेश बालाले ट्विटरमार्फत् चलचित्रले दुई दिनमा संसारभर १ सय १६ करोड कमाएको जानकारी दिएका छन् । उनले चलचित्रलाई ‘ब्लकबस्टर’ भनेका छन् । पाँच भाषामा रिलिज भएको चलचित्रको लाइफटाइम वर्ल्डवाइड कलेक्सन एक हजार करोड नाघ्ने अनुमान गरिएको छ । चलचित्रले हिन्दी डबमा पहिलो दिन तीन करोड कमाउँदै ‘केजिएफ’ को समेत रेकर्ड तोडेको छ ।

माउथ पब्लिसिटी बलियो भएकाले चलचित्रको कमाईमा थप उछाल आउने देखिएको छ । नेपालमा समेत ‘पुष्पा’ को हिन्दी डबले जबरजस्त पैसा छापेको छ । दुई भागमा निर्माण भएको चलचित्रले आन्ध्र प्रदेशमा हुने रक्त चन्दन तस्करीको कथा भन्छ । यो चलचित्रको दोस्रो पार्ट अर्को वर्ष रिलिज हुनेछ । दर्शकले अल्लू अर्जुनको स्टाइल र एक्सनलाई विशेष रुचाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu