चलचित्र ‘फिच्यो’ (कान्छी छोरी) को विशेष शो सम्पन्न भएको छ । शनिबार सामाखुसीस्थित पुरानो विश्व हल (अहिले रानीदेवी पार्टी प्यालेस) मा आयोजित एक समारोहका बीच चलचित्रको शो गरिएको हो । शोमा उपस्थित अधिकाम्सले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिदा केहीले भने विकाशका लागि गाउँमै युवा जुट्न चलचित्रले दिएको सन्देश मार्मिक लागेको बताए ।
तमु कलाकार संघ निवर्तमान अध्यक्ष राजु गुरूङ, लमजुङ घले समाजका अध्यक्ष दुतराज घले, गायक सहज कुमार घले, उत्तरी गोरखा सांस्कृतिक समाजकी अध्यक्ष सुनिला गुरूङ, गुरूङ चलचित्रका नायक बुद्द गुरूङ, आनन्द गुरूङ, संगीतकार सन्तोष श्रेष्ठ, आँशु लामा, पत्रकार शान्ती प्रिय लगायतको प्रिमिएरमा सहभागीता रहेको थियो । चलचित्रको अमेरिकामा १ जनवरीमा विशेष शोको आयोजना हुँदैछ ।

नेपाली, अंग्रेजी र गुरुङ गरेर तीन भाषामा निर्माण भएको चलचित्रमा विश्वास गुरूङ, इन्द्र घले (काशी), टिकाराम घले, सीतादेवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अन्जना गुरुङ, पेम्बा छिरिड शेर्पा, सिर्जना गुरुङ, बिरुप घले लगायतको अभिनय रहेको छ ।
गुरुङ समुदायको रीतिरिवाज, भेषभुषा, चालचलन सहितको कथावस्तु बोकेको चलचित्र स्वदेशका आकर्षक लोकेसनमा छायांकन गरिउको छ । चलचित्र विकाश घले गुरुङको लेखन, निर्देशन तथा सम्पादनमा तयार भएको हो । रेड ओसियन इन्टरटेन्मेन्टको पहिलो प्रस्तुति रहेको चलचित्रमा प्रकाश गुरुङ (काश) को छायाङ्कन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत छ ।
चलचित्रमा लेखन, निर्देशन तथा सम्पादन विकास घलेकै रहेको छ । फिल्ममा नृत्य गोरे गुरुङको रहेको छ । शान्ति माया गुरुङ (युएसए), मन्त्री जङ गुरुङ, बुद्धिमाया गुरुङ (ईराक) र अभिनाश यम.जि (मांगसुम) निर्माता रहेको चलचित्रले बिग्रँदो सामाजिक परिस्थितिले कर्मठ र जेहेन्दार युवालाई कसरी असर पुर्याउँछ भन्ने देखाउन खोजिएको छ ।