मुस्कान खातुनको जीवनीमा चलचित्र बनाउँदै रमित



अभिनेता रमित ढुंगानाले एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवनमाथि चलचित्र बनाउने भएका छन् । चलचित्र पत्रकार सघं दाङ शाखाले मंगलवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले चलचित्रको नाम ‘मुस्कान’ राखेको जानकारी दिए । अबको एक महिनामा छायांकन हुने चलचित्रमा एसिड आक्रमण पछिको अभिनय मुस्कान आफैँले गर्ने उनको भनाई छ ।

दाङमा पत्रकारसँग साक्षात्कार कार्यक्रममा उनले आफू चलचित्र क्षेत्रबाट टाढा नभएको पनि बताए । उनले भने, ‘म चलचित्र क्षेत्रबाट टाढा गएको छैन, मेरो कर्म थलो नै यही हो । चलचित्र क्षेत्र छाडेर जान सक्दिनँ ।’ विभिन्न कालखण्डमा चलचित्र क्षेत्रमा उतारचढाव आएको दृष्टान्त सुनाउँदै रमितले कोरोना महामारी कारण समस्यामा परेको चलचित्र क्षेत्रले विस्तारै फड्को मार्ने विश्वास व्यक्त गरे ।

‘कोरोना महामारीले गर्दा विश्व बजारमै चलचित्रको बजार कमजोर बनेको छ । तर, विस्तारै-विस्तारै नेपाली चलचित्रले फड्को मार्नेछ । पछिल्लो समय प्राविधिक रुपमा नेपाली चलचित्र निकै राम्रो बन्न थालेका छन् । कलाकारहरु पनि उत्कृष्ट हुनुहुन्छ । कन्टेन्टमा पनि धेरै सुधार भएको छ । त्यसैले अब नेपाली चलचित्रको एकदमै राम्रो दिन आउँछ भन्नेमा म आशावादी छु,’ रमितले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu