हलमा लाग्यो ऋषिराजको ‘चुरीफुरी’



फ्राइडे रिलिज अन्तर्गत शुक्रवार (आज) बाट नेपाली चलचित्र ‘चुरीफुरी’ देशभरका हलहरुमा प्रदर्शनमा आएको छ । विदेशी चलचित्रका कारण मल्टीप्लेक्सहरुमा कमजोर शो पाएको चलचित्रले सिंगल थिएटर भने अधिकांश आफ्नो कब्जामा पारेको छ । चलचित्रले जग्गा किनबेच र वैदेशिक रोजगारीमा हुने ठगीको कथा भनेको छ ।

रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य, सुरवीर पण्डित, पवन खतिवडा, सुबोध गौतम, अभिषेक श्रेष्ठ, सोन बज्रचार्य, पूजा पन्त, राजीवजंग बस्नेत, रिन्जिन गुरुङ, तुलसी प्रसाद श्रेष्ठ, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्यको अभिनय रहेको चलचित्रको स्क्रिप्ट निर्देशक आचार्य आफैंले लेखेका हुन् ।

चलचित्रलाई राहुल राईले खिचेका हुन भने नवीन निरौलाको सम्पादन छ । दीपक शर्माको संगीत रहेको चलचित्रको गीतको कोरियोग्राफी भीमफेदी गाइजले गरेको हो । रिना ढकाल (भण्डारी) पनि निर्माता रहेको चलचित्रको सह-निर्मातामा बिमला भुसाल, राजेन्द्र खाती, शिव थापा र खेमराज भण्डारी छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu