अनिल र रणविर कपुरको बलिउड चलचित्रमा विपिन कार्की



बलिउड सुपरस्टारहरु अनिल कपुर र रणविर कपुरसँग नेपाली अभिनेता विपिन कार्कीले अभिनय गर्ने भएका छन् । बताईए अनुसार ‘एनिमल’ टाइटलमा बन्न लागेको उक्त चलचित्रमा कार्कीले अभिनय गर्न लागेका हुन् ।

कार्कीलाई सिधै चलचित्रमा अभिनयको अफर आएको थियो । उनको चलचित्र ‘सेल्फी किङ्ग’को अभिनय हेरेर ‘एनिमल’मा अफर गरिएको बताईएको छ । यसको सुत्रधार ‘सेल्फी किङ्ग’का निर्देशक विशाल सापकोटा हुन् ।

विशालले ‘एनिमल’का निर्देशक सन्दीप रेड्डी भांगाको तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बनाउने तयारीमा छन् । ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक ‘कबिर सिंह’ थियो । यसअघि फिल्म ‘बर्फी’मा रणविरसँग नेपाली कलाकार भोलाराज सापकोटाले सँगै अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu