गायिका दुलालको सामाजिक काम | मृगौला पिडीतलाई साढे दुई लाख



sunita-dulal-help1

गायिका सुनिता दुलालले सिन्धुपाल्चोक जलबिरेका मृगौला पिडीत २६ बर्षिय सुमन श्रेष्ठको उपचारको सहयोगको लागी २ लाख चालिस हजार रकम हस्तान्तरण गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकको आफ्नो व्याक्तिगत पेजबाट गरिएको आग्रहमा देश तथा विदेशका बिभिन्न सहरमा रहनुभएका नेपालीहरुबाट तथा आफ्नो तर्फबाट गरि जुटेको उक्त रकम बराबरको चेक गायिका दुलालले शुक्रवार राजधानीमा एक कार्यक्रम गरी वुवा अमृतदासको रोहवरमा पीडीत सुमन लाई हस्तान्तरण गरेकी हुन ।

धेरै नेपाली माझ चर्चित तथा लोकप्रिय गायिकाको छबी बनाएकी दुलालले सुमनको उपचारको लागी रकम अभाव भएको थाहा पाएपछि केहि महिना अघी फेसबुक मार्फत सहयोगको लागी आफ्ना फ्यानहरुलाई आग्रह गरेकी थिईन, त्यसपश्चात गायिका दुलालको आग्रहलाई स्विकार गर्दै तथा मानविय नाता दर्शाउँदै मृगौला पिडीत सुमनको जीवन रक्षाको पक्षमा उभिएर बेलायत, अमेरिका, अष्ट्रेलिया, इजरायल, युएई तथा नेपालमा रहेका नेपालीहरुले वैङ्कमार्फत रकम पठाएका थिए ।

sunita-dulal-help2

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै गायिका दुलालले सुरुमा अभियान चाल्दा एक्लो महसुस भएको भएपनि पछी धैरै भन्दा धेरै फ्यानहरुले सहयोगको लागी देखाएको चासो तथा धैरै नेपाली फ्यानबाट पाएको हौसलाको कारण नै आज आएर यो रकम हस्तान्तरण गर्न पाएको बताईन, केहि समयपछी नै उपचारको लागी भारत जान लागेका पीडीत सुमनको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै धैरै नेपालीको मन मुटुमा बस्न सफल गायिका दुलालले आगामी दिनमा पनि यस्तै प्रकारका बिभिन्न सामाजिक कार्यहरुमा आफ्नो अग्रसरता जारी रहने प्रतिबद्धता जनाईन् ।

त्यस्तै गायिका दुलालबाट चेक थाप्दै मृगौला पीडीत सुमनका साथमा पीता अमृतदासले आफुलाई पुनर्जन्मको दिनको लागी सघाएकोमा धन्यवाद दिन कुनै सब्दले समेत नपुग्ने भन्दै सुनितामार्फत सहयोग गर्नै सबैप्रति धैरै नै आभारी बनेको बताए ।  सुमनको उपचारको लागी करिब १५ लाख भन्दा बढी रकम आवश्यक परेकोमा हालसम्म १० लाख बराबरको रकम जम्मा भएको भन्दै सुमन पीता अमृतदासले थप सहयोगको लागी मिडिया मार्फत प्रचार- प्रसार गरि सहयोग गरिदिन उपस्थित सञ्चारकर्मीहरुलाई आग्रह गरेका थिए ।

sunita-dulal-help3

सिन्धुपाल्चोक जलबिरे कै स्थाई बासिन्दा सुनिताले यसअघी नै जलबिरेको एक स्कुलमा गरीब तथा बिपन्न परिवारका सहित जेहेन्दार कहलिएका १० जना बिधार्थीलाई बार्षिक छात्रबृद्धी समेत दिंदै आएकी छिन् ।

(दुबै मृगौलाले काम गर्न छाडेर उपचार अभावमा सहयोगको याचना गरिरहेका सुमनको जीवन रक्षाको पक्षमा तपाईं पनि हुनुन्छ भने सुमनका पीता अमृतदास श्रेष्ठको नाममा एनडीईपी बैङ्कको खाता नम्वरः- ७१११०००९७५ मा रकम जम्मा गरिदिन सक्नुहुनेछ।)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu