‘आरआरआर’ले ७ दिनमा कमायो ७ सय करोड



एसएस राजामौली निर्देशित साउथ इन्डियन चलचित्र ‘आरआरआर’ले यतिबेला विश्व बक्सअफिसमा आक्रामक कमाई गरिरहेको छ । हिन्दी भर्सनमा मात्र प्रदर्शनको ७ दिनमा १ सय ३० करोडमाथिको कमाई गरिसकेको चलचित्रले विश्वभरबाट ७ सय करोडको आँकडा पार गरेको छ ।

५ सय ५० करोडको लागतमा निर्माण भएको चलचित्रले प्रदर्शनको सात दिनमा विश्वभरबाट ७ सय ९ करोड ३६ लाखको व्यापार गरेको ट्रेड एनालिस्ट मनोबाला विजयबालनले ट्रविटरमार्फत् जानकारी दिएका छन् । चलचित्रले पहिलो दिन विश्वभर २ सय ५७ करोड १५ करोडको सानदार ओपनिङ गरेको थियो ।

चलचित्रको लाइफटाइम बिजनेस १५ सय करोड करोड पुग्ने अनुमान गरिएको छ । यो चलचित्रले एसएस राजामौलीको अघिल्लो फिल्म ‘बाहुबली २’ को लाइफटाइम कलेक्सनलाई समेत उछिन्ने देखिन्छ । भारतमा अहिलेसम्म सबैभन्दा बढी कमाई गर्ने टप ५ चलचित्रको लिस्टमा ‘आरआरआर’ले दोस्रो स्थान बनाएको छ ।

हिन्दी, तमिल, तेलुगू, कन्नड र मलयालम भाषामा एकसाथ रिलिज भएको चलचित्रमा साउथ सुपरस्टार राम चरण र एनटीआर जूनियरका अलावा बलिउडबाट अजय देवगन र आलिया भट्टले अभिनय गरेका छन् । चलचित्र तेलुगू फ्रिडम फाइटर अल्लूरी सीताराम राजु र कोमाराम भीममाथि आधारित भएर बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu