राष्ट्रपतिद्वारा अनमोल, कस्तुप, केकी, गौरी, दीपाश्री लगायत दर्जनौं कलाकर्मीहरु बिभुषित



काठमाडौं। संविधान दिवसको अवसरमा घोषणा भएका विभिन्न मानपदवीबाट नेपाली कला क्षेत्रमा योगदान पुऱ्याउने विभिन्न व्यक्तिहरु बिभुषित भएका छन् । हरेक बर्ष विभिन्न क्षेत्रमा रहेर राष्ट्रलाई सहयोग गर्ने व्यक्तित्वहरुले यस प्रकारको बिभुषण प्राप्त गर्ने गर्दछन् ।

बिहिवार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेवापत मानपदवी प्राप्त गर्नेहरुलाई विभूषित गरेकी छन् । यसरी बिभुषित हुनेहरुमा विगतमा झैं यसपटक पनि कलाकर्मीहरु पनि बिभुषित भएका हुन् । बिभुषित हुनेहरुमा नेपाली चलचित्रका युवास्टार अनमोल केसी, अभिनेत्री केकी अधिकारी, निर्देशक दीपाश्री निरौला, गायक तथा संगीतकार कस्तुप पन्त लगायत रहेका छन् ।

बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटालाई सुकिर्तिमय राष्ट्रदीपद्वारा विभूषित गरिएको छ । सुप्रबल जनसेवाश्रीबाट गीतकार कालीप्रसाद रिजाल र अभिनेत्री गौरी मल्ल विभूषित भएका छन् । प्रवल जनसेवाश्रीबाट लोक गायिका विष्णु माझी, गायक-गीतकार तथा संगीतकार कस्तुप पन्त, कलाकार तथा निर्माता नवल खड्का, कलाकार प्रकाश घिमिरे, कलाकार तथा निर्देशक रमेश बुढाथोकी, निर्देशक दीपाश्री निरौला, कलाकार हेमन्त बुढाथोकी, दोहोरी गायक चन्द्र प्रसाद शर्मा, दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, गायिका देविका प्रधान, अभिनेत्री केकी अधिकारी, नायक अनमोल केसी, गायक प्रकाश सपूत, गायक हेमन्त शर्मालाई जनसेवाश्री पदक, हाँस्य कलाकार कमल गाउँले, नृत्यकार महेश प्रकाश हाडा, गायक नविन कुमार पौड्याल, कलाकार सुजल बम, नृत्यकार तेरिया फौजा मगर, कलाकार शिव शंकर रिजाल, निर्माता राजकुमार राई, मैथिली कलाकार रन्जु झा लगायतलाई विभूषित गरिएको छ ।

यसका साथै राष्ट्रलाई योगदान पुऱ्याउने सयौं व्यक्तित्व विभिन्न मानपदविबाट बिभुषित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu