‘हनी बनी’मा जसिताको प्रवेश



दीवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र ‘हनी बनी’मा अभिनेत्री जसिता गुरुङ भित्रिएकी छन् । यो चलचित्रमा यसअघि मुख्य अभिनेत्रीमा सारा सिरपाली फाइनल थिइन् । तर, उनको बेलायतको भिसा नझरेपछि निर्माण टिमले बेलायतमै रहेकी जसितालाई मुख्य भूमिकामा अनुबन्ध गराएको हो । शनिवार निर्देशक दीवाकर भट्टराई र जसिताबीच बेलायतमा कागजी सम्झौता भएको हो ।

यो चलचित्रमा पहिला मुख्य नायकमा अनमोल केसी पनि अनुबन्ध भएका थिए । उनको बेलायतको भिसा समेत झरिसकेको थियो । तर, अन्तिम समयमा उनले चलचित्रमा काम नगर्ने निर्णय गरे । निर्देशक भट्टराई र अनमोल दुवैले आपसी सहमतिमा अलग हुने निर्णय गरेको बताएका छन् । चलचित्रबाट अनमोल अलग भएसँगै निर्माण टिमले नयाँ नायकलाई अनुबन्ध गरिसकेको स्रोत बताउँछ ।

चलचित्रमा अभिनेता सलोन बस्नेतको पनि अभिनय रहनेछ । पुरुषोत्तम प्रधानले छायांकन गर्ने चलचित्रको लागत ७ करोड अनुमान गरिएको छ । चलचित्रमा अमित बस्नेत, अजितकुमार थापा र परी राना निर्माता र अंकित गौतम कार्यकारी निर्मातामा छन् । चलचित्रको छायांकनका लागि निर्देशक भट्टराई बेलायत पुगिसकेका छन् भने बाँकी टिम केही दिनमा बेलायत उड्ने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu