निर्देशक सविरसँग मिलेर चलचित्र बनाउँदै सविन



निर्देशक सविर श्रेष्ठ र अभिनेता तथा निर्माता सविन श्रेष्ठले मिलेर नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । बुधवार उनीहरुबीच संयुक्त ब्यानरमा चलचित्र निर्माण गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यसअघि सविनले सविरको निर्देशनमा दुई चलचित्र ‘आधी बाटो’ र ‘रामप्यारी’मा काम गरिसकेका छन् । नयाँ चलचित्रमा सविन निर्मातासँगै मुख्य भूमिकामा पनि देखिनेछन् ।

निर्देशक श्रेष्ठले अहिले चलचित्रको स्क्रिप्टलाई फाइनल रुप दिने काम भइरहेको जानकारी दिँदै दशैं आसपासबाट छायांकन सुरु हुनसक्ने बताए । नाम गोप्य राखिएको चलचित्रमा सविनको भूमिका कस्तो रहने भन्ने बारेमा फाइनल हुन बाँकी रहेको उनको भनाई छ । सविरले लभस्टोरी र एक्सन चलचित्रमा आफूलाई प्रमाणित गरिसकेका छन् । यसपटक उनी केही नयाँ प्रयास गर्दैछन् ।

त्यस्तै, सविनले यो चलचित्रमा आफू अहिलेसम्मकै फरक भूमिकामा प्रस्तुत हुने दाबी गरे । उनले भने, ‘यसअघि मैले ‘हिरो रिर्टन्स’ चलचित्र बनाएको थिएँ, त्यो कोरोनाले बर्बाद भयो । केही विजनेश पनि गरेको थिएँ, त्यो पनि कोरोनाले डुबायो । अब आफूले जानेकै काम गर्छु भनेर चलचित्र निर्माण र अभिनयमा फर्किएको छु । चलचित्रमा म अहिलेसम्मकै फरक र चुनौतीपूर्ण भूमिकामा देखिनेछु ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu