पहिलो डिजिटल चलचित्र ‘कागबेनी’का छायाँकार विदुर पाण्डेको निधन



काठमाडौं। सिनेमाटोग्राफर विदुर पाण्डेको निधन भएको छ । पारिवारिक श्रोतका अनुसार बुधवार बिहान हृदयघातको कारण ५५ बर्षिय पाण्डेको निधन भएको हो । बताईए अनुसार काठमाडौंको गंगालाल हृदयरोग अस्पातल लैजाँदै गर्दा उनको निधन भएको हो ।

स्व. विदुर पाण्डे

टेलिभिजन तथा म्युजिक भिडियोमा लामो समय काम गरेका पाण्डे पछिल्लो समय चलचित्र छायांकनमा व्यस्त थिए नेपालको पहिलो डिजिटल प्रविधिमा छायांकन गरिएको चलचित्र ‘कागबेनी’का छायाँकार समेत उनै हुन् । उनले पन्ध्र सय भन्दा बढि म्युजिक भिडियोको छायांकन गरेका छन् भने दर्जनौंको संख्यामा टिभि कमर्शियल, वृत्तचित्र र चलचित्रहरु छायांकन गरेका छन् ।

उनले कागबेनी सहित, पण्डीत बाजेको लौरी, भुईमान्छे, जंग बहादुरको कोट, मेरो बेस्ट फ्रेण्ड, स्वर लगायतका चलचित्रहरु छायांकन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu