संविधान दिवसमा कला क्षेत्रबाट को-को हुँदैछन् विभूषित ?



सरकारले संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभिन्न मानपदवी, अलंकार तथा पदवी पाउनेमा कला क्षेत्रबाट ३८ जना परेका छन् । यस वर्ष संविधान दिवस (असोज ३) को अवसरमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलंकार र पदक गरी विविध क्षेत्रका व्यक्तिहरूलाई विभूषण दिने घोषणा गरिएको हो ।

सुकीर्तिमय राष्ट्रदीपबाट कलाकारहरु नीर शाह, राजेश हमाल, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र गायक नन्दकृष्ण जोशी विभूषित हुने भएका छन् भने सुप्रबल जनसेवाश्रीबाट विभूषित हुनेको सूचिमा गायकहरु शम्भु राई, आनन्द कार्की, निर्देशकहरु प्रदीपलाल श्रेष्ठ, अशोक शर्मा, कलाकारहरु विराज भट्ट, दयाहाङ राई, दीपकराज गिरी, अर्जुन श्रेष्ठ, निरुता सिंह, संगीतकारहरु आलोकश्री, दीपक जंगम, चेतन सापकोटा, गायिकाहरु ज्ञानु राणा र सत्यकला राईको नाम छ ।

त्यस्तै, राष्ट्रपतिले भण्डारीले जनसेवाश्रीबाट कलाकारहरु प्रदीप खड्का, कुमार बस्नेत विक्रान्त, मनोहर सुनाम परियार, गायिकाहरु सुनिता दुलाल, गायकहरु कमल सुनार, कुलमान नेपाली, सुरेशकुमार नेपाल परियार, संगीतकारहरु सन्तोष श्रेष्ठ, दीपक शर्मा, सानुकान्छा शाही, नृत्य निर्देशक शिवराम विक, चलचित्र निर्देशकहरु माधव खरेल, रमेश कोइराला, मोडल सनम कठायत र गीतकार डिल्ली नारायण पाण्डेलाई विभूषित गर्ने भएकी छन् ।

कलाकारहरु प्रभाकर शर्मा, इन्द्रबहादुर खत्री, कृष्णबहादुर बिक, गायकहरु नवीन पौडेल र किरण गजमेरलाई भने नेपाल सेवा प्रवीणबाट विभूषित गरिने भएको छ । रंग पत्रकार तथा चलचित्र पत्रकार संघका कोषाध्यक्ष प्रदीप कार्की ‘प्रवल जनसेवाश्री’बाट सम्मानित हुने भएका छन् ।

घोषणा गरिएको विभूषण नेपाली नयाँ वर्ष वैशाख १ गते राष्ट्रपतिबाट वितरण गरिन्छ । राष्ट्र र जनतााके पक्षमा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउनेलाई हरेक वर्ष संविधान दिवसमा घोषणा गरेर वैशाख १ मा विभूषण वितरण गर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu