‘चि मुसी चि : इभन डेड डिजायर बिलिङ्गिङ’को टिजर सार्वजनिक



काठमाडौँ ।
नेपाली चलचित्र ‘चि मुसी चि : इभन डेड डिजायर बिलिङ्गिङ’को टिजर सार्वजनिक भएको छ । टिजरले यो चलचित्र हरर थ्रिलर भएको प्रष्ट पारेको छ ।

टिजरमा मुख्य कलाकारहरु प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतलाई अटाईएको छ ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने निर्माण टिमले विश्वास लिएको छ ।

मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा निर्देशन गरेको यो चलचित्रमा नेपाली र बलिउड प्राविधिकले संयुक्त काम गरेका छन् । रिञ्जु केसी र अरुण चक्रावर्ती निर्माता हुन् ।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu