आर्यन-उपासनाको प्रतिक्षित ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक



काठमाडौँ ।
नेपाली चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ । नेपाली मुलका भारतिय निर्देशक प्रवीण झाको निर्देशनमा बनेको यो चलचित्रको ट्रेलरमा प्रेम र द्वन्द्वलाई देखाईएको छ ।

अभिनेता आर्यन सिग्देल र नायिका उपासना सिंह ठकुरीको प्रमुख भुमिका रहेको यो चलचित्र आगामी पुष १५ गतेबाट प्रदर्शनमा आउँदैछ । आर्यन र उपासनाका अलावा सलोन बस्नेत, नरेश भट्टराई, शिवहरी पौडेललगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘डिसेम्बर फल्स’को ट्रेलरको दृश्य

यो चलचित्र रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले तथा निर्माता रामप्रसाद रिजाल र राजकुमार भट्ट हुन् ।

महेश आर गुप्ताले छायांकन गरेको चलचित्रमा विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रविण सिंहको कोरियोग्राफी छ ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu