‘फूलबारी’को टिजर रिलिज



काठमाडौँ ।
फागुन ५ गतेबाट प्रदर्शनमा आउने रामबाबु गुरुङद्वारा निर्देशित नेपाली चलचित्र ‘फूलबारी’को टिजर रिलिज भएको छ । यसको टिजरमा परिवारभित्रको प्रेम र झगडाको कथालाई देखाईएको छ ।

मुख्य कलाकारहरु बिपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक, साक्षी गुरुङ लगायत टिजरमा देखिएका छन् । टिजरमा कालीप्रसाद बाँस्कोटाको गीत पनि राखिएको छ । गीतले चलचित्रको भाव व्यक्त गरेको छ ।

‘फूलबारी’लाई यशोधा फिल्मस्ले निर्माण गरेको हो । फिल्मको कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता मणीराम पोखरेल हुन् ।

टिजर हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu