अनमोलले छोडेको चलचित्रमा प्रदीपलाई अफर, शर्तसहित काम गर्ने मनसाय



काठमाडौँ ।
केहि दिन अघि पेश्की रकम फिर्ता गर्दै नायक अनमोल केसीले निर्माणाधिन चलचित्र ‘एक्स नाईन’ छोडेका थिए । समयमा छायांकन नगरेको भन्दै केसीले उक्त चलचित्रमा काम नगर्ने बताएका थिए ।

अब सोहि चलचित्रको लागि नायक प्रदीप खड्कालाई प्रस्ताव गरिएको बताईएको छ । अनलाइनखबर डटकममा प्रकाशित समाचारअनुसार यो चलचित्रमा काम गर्न मनसाय प्रदीपले बनाएका छन् । प्रदीपले यसअघि चर्चा भएअनुसार बलिउड सुपरस्टार सुनिल सेट्टीले अभिनय गर्नेभए आफु राजी भएको संकेत गरेको उक्त समाचारमा जनाईएको छ ।

मुकुन्द भट्टले निर्देशन गर्ने सो चलचित्रमा यसअघि नै सौगात मल्ल, पुष्प खड्का, राज कटुवाल, नीति शाह लगायतले सम्झौता गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu