पल शाहलाई १५ दिनभित्र उच्च अदालत झिकाउन आदेश



फाईल फोटो

काठमाडौँ।
उच्च अदालत पोखराले नाबालिग यौन दुराचारको अभियोगमा जेलमा रहेका अभिनेता पल शाहलाई १५ दिनभित्र झिकाउन आदेश दिएको छ। यो मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले पल शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

यो फैसलाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय नवलपरासी पुर्व र शाह पक्षले उच्च अदालत पोखरामा पुनरावेदन गरेका थिए। सोमबार भएको सुनुवाईमा उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले उनलाई झिकाउने आदेश दिएका हुन्।

सोहि प्रकृतिको मुद्दामा जिल्ला अदालत तनहुँले भने शाहलाई सफाई दिएको थियो। एक नाबालिग बलात्कारको आरोपमा उनीमाथि जिल्ला अदालत तनहुँ र नवलपरासीमा मुद्दा दायर भएको थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu