नक्षत्र फाउन्डेशनको अर्ली चिल्ड्रेन डेभलपमेन्ट सेन्टर पुगे कलाकार



काठमाडौँ।
झापाको बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा रहेका बालबालिकाका लागि नक्षत्र फाउन्डेशनले विद्यालयको भवन बनाएर अध्ययनमा सहयोग गरिरहेको छ । अमेरिकामा बस्दै आएका अर्जुन सुवेदीले विगत ३ बर्षदेखि ‘अर्ली चिल्ड्रेन डेभलपमेन्ट सेन्टर’मा पक्की भवन बनाएर १ कक्षासम्मको अध्ययनमा सहयोग गरिरहेका छन् ।

२ सय भन्दा बढी बालबालिकाले यो सेन्टरमा शिक्षा पाइरहेका छन् । यहाँ, केही शिक्षक–शिक्षिकाले थोरै पारिश्रमिकमा बालबालिकालाई अध्यापन गराएर सहयोग पनि गरिरहेका छन् । उनै, शिक्षक–शिक्षिकाहरुको सम्मानका लागि शनिबार विद्यालय परिसरमा कार्यक्रमको आयोजना गरिएको छ ।

यो कार्यक्रममा चर्चित कलाकार सुनिल थापा, गायक रामकृष्ण ढकाल, नायिका पूजा शर्मा, गायिका एलिना चौहान, निर्देशक विधान कार्की, गायक कर्मा ग्याल्छोङ लामा, गायिका जमुना राई, गायक विकास लिम्बु लगायत पुगेका थिए । उनीहरु, विद्यालयमा अध्यापन गराउने र अध्यापनमा सहयोग गरेका शिक्षक–शिक्षिकाहरुलाई सम्मान पत्र हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै नक्षत्र फाउन्डेशनका प्रमुख अर्जुन सुवेदीले भने–‘हाम्रो उद्देश्य भनेको नै साना बालबालिकाहरु पढाईको अधिकारबाट बञ्चित नहुन् भन्ने हो । यसैले, हामीले फाउन्डेशनको सहयोगमा यहाँ बालबालिकाहरुलाई पढाइरहेका छौं । तर, यो काम हामीले मात्र सधैभरी गर्न संभव छैन । नेपाल सरकारले पनि यो कुरामा ध्यान दिओस् र बालबालिकालाई पढ्नबाट बञ्चित नगराओस् भन्ने चाहना छ ।’

उनले, सरकारी तवरबाट कुनै पनि सहयोग नमिलेको पनि बताए । कार्यक्रममा पुगेका विशिष्ट अतिथी सुनिल थापाले बालबालिकाको सहयोगका लागि सरकारले पनि ध्यान दिनुपर्ने तर्क गरे ।

कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १ का कृषी मन्त्री भक्ति प्रसाद सिटौलाले सरकारले विद्यालय संचालनमा पूर्ण सहयोग गर्ने बताए ।

यस्तै, गायक रामकृष्ण ढकालले पनि पढ्न पाउनु बालबालिकाको अधिकार भएको भन्दै यस्तो कुरामा सरकारको ध्यान पुग्न आवश्यक रहेको बताए । उनले, कार्यक्रममा आफ्ना लोकप्रिय गीतहरु ‘बिहान उठ्ने वित्तिकै, चरीले त छाडेर गैहाल्यो, जदौं माया जदौं’ लगायत गाएर सुनाएका थिए ।

कार्यक्रममा गायिका एलिना चौहान, गायक कर्माले पनि गीत गाउँदा दर्शकले साथ दिएका थिए ।

फाउन्डेशनका प्रमुख अर्जुन सुवेदीले १ कक्षापछि बालबालिकाहरुलाई अध्ययनका लागि अन्यत्र जानुपर्ने वाध्यता रहेको भन्दै सरकारले सहयोग गरेको खण्डमा आफूहरुले अझै माथिल्लो कक्षाको व्यवस्था गर्न सक्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu