यसरी रोकियो बिपिनको बलिउड यात्रा



काठमाडौँ ।
गत बर्षदेखि सुनिन थालेको बलिउड चलचित्र ‘एनिमल’को नाम नेपालीमाझ चर्चित थियो । नेपाली अभिनेता बिपिन कार्कीले बलिउड सुपरस्टारहरु रणबीर कपुर र अनिल कपुरसँगै काम गर्ने तय भएका कारण यो नाम नेपालमा सुनिएको थियो । सो चलचित्रको हालै छायांकन सम्पन्न भएको छ, तर बिपिन भने त्यसमा छैनन् ।

गत मंसिरतिर अभिनेता कार्कीको मुम्बई आउजाउ निकै थियो । एनिमलको सुटिङका लागि भन्दै उनि त्यहाँ जाँदै आउँदै गरेका थिए । चार-पाँच पटकको आउजाउमा समेत सो चलचित्रको छायांकन सुरु हुन सकेन । त्यसपछि उनि मुम्बई जानै छोडिदिए । उनले त्यो समयमा आफु आउने जाने गर्दा हैरान भएको प्रतिक्रिया दिएका थिए ।

त्यहि समयमा कार्कीले अभिनय गर्न लागेको नेपाली चलचित्र ‘प्रसाद २’को लफडा चलिरहेको थियो । छायांकनको पहिलो शटबाट नै स्थगित गरी सो चलचित्रको टोली बाग्लुङदेखि काठमाडौँ फर्किएको थियो । केहि समय बिपिनले बलिउड र नेपाली दुवै चलचित्रको चपेटामा रहिरहे । केहि सल्लाहपछि निर्देशक सुदर्शन थापाले ‘प्रसाद २’बाट मूख्य अभिनेत्री नम्रता श्रेष्ठको भूमिकामा केकी अधिकारी भित्राई बिपिनलाई पुनः लिएर छायांकनमा निस्किए । सोहि बखत मुम्बईबाट ‘एनिमल’का निर्देशक सन्दीप रेड्डी भांगाको फोन आयो । तीन-चार दिनमा मुम्बई आउन आग्रह गरेपछि बिपिनले ‘प्रसाद २’को सेटबाट ‘एनिमल’मा काम गर्ने समय नमिल्ने बताएपछि पुनः कुनै चलचित्रमा काम गर्ने कुराकानी सहित भांगाले छायांकन सुरु गरेका थिए ।

रणवीर र अनिलसहित रश्मिका मन्दाना र बबी देओल ‘एनिमल’को प्रमूख भूमिकामा छन् । बिपिनले बबीका भाइको भूमिकामा अभिनय गर्ने तय भएको थियो । चलचित्रको रेटिङ गर्ने चर्चित पोर्टल आईएमडीबीमा राखिएको तथ्यांकमा यो चलचित्रमा बिपिनको नाम अझै हटाईएको छैन । यो चलचित्र अगस्ट ११, २०२३ मा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu