
काठमाडौँ।
नेपाली चलचित्र प्राविधिकहरुको छाता संगठन नेपाल चलचित्र प्राविधिक संघको बीसौं चुनावी साधारणसभाले तेश्रो कार्यकालको लागि पुस्कर लामालाई अध्यक्ष चयन गरेको छ। बिहिवार काठमाडौँमा भएको महाधिवेशनमा लामा निर्विरोध चुनिएका हुन्।
त्यस्तै, महाधिवेशनमा महासचिवमा युवराज कार्की र कोषाध्यक्षमा कृष्णबहादुर थापा पनि निर्विरोध निर्वाचित भए। अन्य पदमा भएको मतदानबाट उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल र अर्जुनप्रसाद पोखरेल र सचिवमा श्यामकुमार बरालले जित हासिल गरे ।
साथै, सदस्यहरुमा नमराज उप्रेती, लालसिंह थोकर, विनोद सुवेदी, गोपाल राय, विजय बस्याल, ईश्वर घिमिरे, रीतु राना, मनोज जोशी, अजय रेग्मी, नारायण गुरुङ र विष्णुप्रसाद घिमिरे निर्वाचित भए।