लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रिता थापा मगर सर्वसम्मत निर्वाचित



काठमाडौँ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रिता थापा मगर सर्वसम्मत निर्वाचित भएकी छन्। धादिङबेसीमा शुक्रबार देखि जारी प्रतिष्ठानको आठौँ केन्द्रीय महाधिवेशनबाट उनि सर्वसम्मत भएकी हुन् । दश बर्षदेखी लोक दोहोरी गीत संगीतमा आवद्द मगर यसअघि प्रतिष्ठानका विभिन्न पदमा रहेर काम गरिसकेकी छिन्।

त्यस्तै, प्रतिष्ठानको बरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाँण सर्वसम्मत भएका छन् । सांगठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दीपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल पनि सर्वसम्मत निर्वाचित भएका छन् भने सात जनाको खुला उपाध्यक्ष पदको लागि भने १० जनाको उम्मेदवारी परेको छ । खुल्ला उपाध्यक्षमा कुलेन्द्र बिक , पुष्कल शर्मा, राजु ढकाल, चोलेन्द्र पौडेल, कृष्ण रेउले, खुमन अधिकारी, पूर्णकला विसी, शंकर को उम्मेदवारी परेको छ ।

प्रतिष्ठानको महासचिवमा शिव हमाल सर्वसम्मत भएका छन् । उपमहासचिवमा हरि डाँगी, सिरिष देवकोटा, (प्रशासनिक) सचिव जीवन दाहाल, सचिव (सांगठनिक) पिएन सापकोटा र कोषाध्यक्षमा अमृत अधिकारी सर्वसम्मत चयन भएका छन् । त्यस्तै महिला सचिवमा जमुना राना सर्वसम्मत चयन भएकी छिन् भने सह सचिव (प्रशासनिक)मा राज कुमार रायमाझी सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै, सात प्रदेशमध्ये भूगोल सचिवमा पनि गण्डकी प्रदेश बाहेक सबै प्रदेशबाट आउने सचिव पदमा सर्वसम्मत भएको छ । गण्डकी प्रदेशबाट भने तीन जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu