विकास र पलको पुन: सहकार्य



काठमाडौँ।
उच्च अदालतबाट सफाइ पाएसँगै अभिनेता पल शाह नियमित काममा फर्किएका छन् । १ बर्ष लामो जेल जीवनपछिको उनले पहिलो छायांकन भएको म्युजिक भिडियो ‘सक्छौ र तिमी म बिना बाँच्न’मा अभिनय गरेका छन् । विकास सुवेदीले निर्देशन गरेको यो म्युजिक भिडियो दिलासा बस्नेतले निर्माण गरेका हुन् । छायांकन पहिलो भएपनि यो भिडियोको रिलिज भने शुक्रवार भएको हो ।

‘सक्छौ र तिमी म बिना बाँच्न’को भिडियो काठमाण्डौ र पोखरामा छायांकन गरिएको छ । सन्तोष सुनारको सङ्गीत, राम अबिरल बिष्टको शब्द रहेको यस गीतमा नरेश बुढाथोकीको स्वर रहेको छ । यो भिडियो लाई ‘एट के एभरेस्ट मोशन पिक्चर’ले बजारमा ल्याउनेछ । यसको भिडियोमा पलसँगै सनिशा भट्टराईले पनि अभिनय गरेकी छन् ।

यो भिडियोसँगै निर्देशक सुवेदी पुन: अभिनेता शाहसँगको सहकार्यमा फर्केका हुन् । शाहको व्यावसायिक अभिनयको यात्रामा निर्देशक सुवेदीको महत्वपूर्ण हात रहेको थियो । शाहको करियरको सुरुवाती चरणमा सुवेदीले दर्जनौँ पटक निर्देशन गरेका थिए भने काम छनौटमा पनि उनले सहयोग गर्ने गरेका थिए । निर्देशक सुवेदीले अब शाहले केहि पहिले नै तय भएका कामबाहेक उत्कृष्टता छनोट गरेर मात्र काम गर्ने बताए ।

निर्देशक सुवेदी पछिल्लो समय चलचित्र लेखनमा समेत व्यस्त छन् । उनले लेखेको चलचित्र ‘प्रकाश’ले उत्कृष्ट समिक्षा प्राप्त गरेको थियो । हाल उनि निर्देशक दिनेश राउतले निर्देशन गर्ने अर्को चलचित्र लेखिरहेका छन् ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu