गैरकानूनी कार्य गर्ने कलाकार, यूट्युबर र टिकटकरलाई पक्राउ गर्दै प्रहरी



काठमाडौँ।
नेपाल प्रहरीले गैरकानूनी कार्य गर्ने चलचित्र, गीतसंगीत, सिरिजका कलाकारहरु, यूट्युबर तथा टिकटकरहरुलाई पक्राउ गर्ने तयारी गरेको छ । उनिहरुले अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको भेटिएपछि पक्राउको तयारी भएको बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरीले जानकारी दिएको छ ।

नेपालमा प्रतिबन्धित र गैरकानूनी बेटिङ प्लाटफर्म ‘वनएक्स बेट’मार्फत एक अर्ब बढीको सट्टेबाजीको कारोबारमा संलग्न पाँचजनालाई बुधबार सार्वजनिक गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बेटिङ प्रचारमा लागेका कलाकार तथा टिकटकरलाई पनि प्रकाउ गरी कानूनी कारबाही गर्ने तयारी रहेको बताएको हो ।

केहि चल्तिका कलाकार, यूट्युबर र टिकटकरले नेपालमा प्रतिबन्धित विभिन्न बेटिङ प्लाटफर्महरुको प्रचार गर्ने गरेको प्रहरीले भेटाएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी डा. मनोज केसीले बताए । उनिहरुको विस्तृत खोजीकार्य सुरु भइसकेको जनाए । केसीले अहिले सबै कुरा भन्न सकिने अवस्था नरहेको तर, अपरेसन सुरु गरिसकेको बताए ।

उनिहरुले वनएक्स बेट, उल्फ ७७७, सीजी बुक लाइभ (सीजी बेट), फिफिया, बेट ३६५, मेल बेट जस्ता प्लाटफर्महरुको प्रचार गर्दै आफ्ना फलोअर्सलाई विभिन्न प्रलोभन देखाउँदै आएको पत्ता लागेको छ । यसो गरेबापत उनिहरुले मोटो रकम लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu