अमेरिकी दूतावासको समर मुभी सिरिजमा ‘लभ, साइमन’ प्रदर्शन



काठमाडौँ।
नेपालस्थित अमेरिकी दूतावासद्वारा आयोजित समर मुभी सिरिजमा रोमान्टिक कमेडी-ड्रामा चलचित्र ‘लभ, साइमन’ प्रदर्शन गरिएको छ । बिहिबार ललितपुरको लबिमस्थित क्यूएफएक्स सिनेमा हलमा ग्रेग बर्लान्टीद्वारा निर्देशित यो चलचित्र प्रदर्शन भएको हो ।

सन् २०१८ मा रिलिज भएको यो चलचित्रमा हाई स्कूल अध्ययनरत समलिङ्गी किशोरको कथा रहेको छ । बेकी अल्बर्टालीको उपन्यास ‘साइमन भर्सेस् होमो सेपियन्स एजेन्डा’मा आधारित यस चलचित्रमा निक रोबिन्सन, जोश दुहामेल र जेनिफर गार्नरको प्रमुख अभिनय रहेको छ । शिक्षक, परिवार र साथीभाइसँग आफ्नो लैंगिक पहिचानलाई लुकाईरहेको किशोरले प्रेम प्राप्त गर्न गर्नुपरेको संघर्षलाई यस चलचित्रमा रोचक ढंगले प्रस्तुत गरिएको छ ।

समलिंगी समुदायको‘प्राइड मन्थ’को रुपमा मनाउने गरिएको जुन महिनाला लक्षित गरी सम्बन्धित कथावस्तुमा आधारित चलचित्र प्रदर्शन गरिएको हो । सो प्रदर्शनीमा लैंगिक अल्पसंख्यक समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu