‘बगान’ दोश्रो हप्तामा, रिलिज भए ‘लुङा’, ‘ओपेनहेइमर’ र ‘बार्बी’



काठमाडौँ।
देशभर उल्लेख्य शो सङ्ख्यासहित नेपाली चलचित्र ‘बगान’ले दोश्रो हप्ताको यात्रा तय गरेको छ । नेपाली चलचित्र हेर्न हलमा दर्शकको उपस्थिती न्यून भएको समय रिलिज भएको यो चलचित्रले भने सुखद नतिजा निकालिरहेको छ । बिहिवार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को बक्स अफिस कलेक्शन रिपोर्टअनुसार असार २९ गते रिलिज यो चलचित्रले ३१ गतेसम्म बाईस लाखको कलेक्शन गरेको छ ।

यसैबीच शुक्रवार नयाँ नेपाली चलचित्र‘लुङा’ रिलिज भएको छ भने हलिउडका दुई चलचित्रहरू ‘ओपेनहेइमर’ र ‘बार्बी’ रिलिज भएका छन् ।

किरण राई निर्देशित ‘लुङा’मा बुद्धि तामाङ, भुवनसिंह राई र सारा राईको शीर्ष अभिनय रहेको छ । क्रिस्टोफर नोलन निर्देशित ‘ओपेनहाइमर’लाई हलिउड समिक्षकले शताब्दीकै सर्वश्रेष्ठ चलचित्र बताएका छन् । नेपालमा पनि यो चलचित्रको क्रेज व्यापक देखिएको छ । अर्को हलिउड चलचित्र ‘बार्बी’का निर्देशक ग्रेटा गर्विग हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu