अभिनेता खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’ सार्वजनिक



काठमाडौँ।
अभिनेता खगेन्द्र लामिछानेको पुस्तक ‘पानीफोटो’ विमोचन गरिएको छ । सोमवार काठमाडौँमा शुभचिन्तकहरूको उपस्थितिमा एक कार्यक्रमको आयोजना पुस्तक सार्वजनिक गरिएको हो ।

आफुले अभिनय गरेका चलचित्रहरूका निर्देशकहरु तथा अभिनेत्रीहरूको हातबाट लामीछानेले ‘पानीफोटो’ विमोचन गरेका हुन् । सो अवसरमा कलाकार तथा निर्देशक नीर शाह, अभिनेत्री स्वस्तिमा खड्का, कलाकार तथा निर्देशक निश्चल बस्नेत, अभिनेत्री ऋचा शर्मा, निर्देशक मनोज पण्डित, निर्देशक दीपेन्द्र के खनाल, अशोक शर्मा, सौरभ राई, अभिनेत्री सुरक्षा पन्त, मलिका महत लगायतको उपस्थिति थियो ।

सामान्यतया पहिले पुस्तक प्रकाशन हुने र त्यसपछि मात्र चलचित्र बन्ने भएतापनि ‘पानीफोटो’ भने पहिले नै चलचित्र बनिसकेको छ । चलचित्रका निर्देशक पनि लामिछाने नै हुन् । पुस्तकबारे कलाकार नीर शाहले लेखकले पुस्तकमार्फत् देखाएको चलचित्रप्रतिको प्रतिबद्धता सराहनीय रहेको बताए । कार्यक्रममा लेखिका एवम् सञ्चारकर्मी शिवानीसिंह थारुले लेखक लामिछानेसँग पुस्तक संवाद गरेकी थिइन् ।

आफ्नो माटो सुहाउँदो चलचित्र कसरी बन्छ भन्ने सन्दर्भमा पानीफोटो पुस्तक लेखेको लेखक लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu